Rule 6
सशस्त्र प्रहरी महानिरीक्षक सशस्त्र प्रहरी सङ्गठनको प्रमुख हुने
: सशस्त्र प्रहरी महानिरीक्षक सशस्त्र प्रहरी बलको सङ्गठन प्रमुख हुनेछ र निजले ऐन, यस नियमावली र अन्य प्रचलित कानूनको अधीनमा तथा मन्त्रालयको प्रत्यक्ष निर्देशन र नियन्त्रणमा रही सशस्त्र प्रहरी प्रशासनको प्रमुखको रुपमा कार्य सम्पादन गर्नेछ।